Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

उद्योग मन्त्री हमालले पदबाट राजीनामा दिने

उद्योग मन्त्री हमालले पदबाट राजीनामा दिने

  • आइतवार, आश्विन २४ २०७८

  • 518
    SHARES

  • उद्योग मन्त्री हमालले पदबाट राजीनामा दिने

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस र आफूलाई अनावश्यक विवादमा तानिएको भन्दै मन्त्री हमालले राजीनामा दिन घोषणा गर्नुभएको हो ।

    ‘४५ वर्ष कांग्रेसमा योगदान पुर्‍याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ उहाँले भन्नुभयो, ‘आजै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउँछु ।’

    हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेको छ । यद्यपि सर्वोच्च अदालत, र सत्तारुढ दलका नेताहरूले भने आरोपको खण्डन गर्दै आएका छन् ।

    हमाल प्रधान्यायाधीश राणाका जेठान हुनुहुन्छ ।


    आइतवार, आश्विन २४ २०७८१०:०९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij