Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

कम्युनिस्टलाई परास्त गर्ने षडयन्त्रमा ‘प्रचण्ड’ र माधव हतियार भएः खगराज अधिकारी

कम्युनिस्टलाई परास्त गर्ने षडयन्त्रमा ‘प्रचण्ड’ र माधव हतियार भएः खगराज अधिकारी

  • आइतवार, आश्विन २४ २०७८

  • 756
    SHARES

  • कम्युनिस्टलाई परास्त गर्ने षडयन्त्रमा ‘प्रचण्ड’ र माधव हतियार भएः खगराज अधिकारी

    काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले अन्तराष्ट्रिय डिजाइनमा कम्युनिस्टहरुलाई परास्त गर्ने षडयन्त्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल हतियार भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासंगको कुराकानीमा उहाँले कम्यूनिष्ट समाप्त पार्ने षडयन्त्र अदालत मार्फत भइरहेको आरोप लगाउनुभयो ।

    गजेन्द्र हमालले कांगे्रस छाडेर दश वर्षसम्म हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा अभियान चलाएर हिडेकाले राजनीतिक पृष्टभुमिबाट आएको भनेर सरकार तर्किन नपाउने बताउनुभयो ।

    परमआदेशबाट आएको यो सरकारले लोकतन्त्र, राष्ट्रियता र स्वाधिनतालाई ध्वजाध्वजा बनाएर खाएको उहाँको ठहर छ ।

    नेता अधिकारीले सरकारको कामले संसदमा एमालेले उठाएको कुरा सत्य प्रमाणीत हुँदै गएको दावी गर्नुभयो । पछिल्लो कार्यहरुले यस्तो सरकार र सभामुख हुनु भन्दा नहुनु बेश हुने उहाँको भनाई छ ।

    कार्यपालिकामा भाग खोजेर अदालतले न्यायको घाँटी निमोठ्ने काम गरेको पनि आरोप लगाउनुभएको छ ।


    आइतवार, आश्विन २४ २०७८०९:१५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij