Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

मन्त्री हमालको नियुक्तिबारे हो–हल्ला गर्नु आवश्यक छैन : प्रचण्ड

मन्त्री हमालको नियुक्तिबारे हो–हल्ला गर्नु आवश्यक छैन : प्रचण्ड

  • शनिवार, आश्विन २३ २०७८

  • 545
    SHARES

  • मन्त्री हमालको नियुक्तिबारे हो–हल्ला गर्नु आवश्यक छैन : प्रचण्ड

    काठमाडौँ । सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त मन्त्री गजेन्द्र हमाल नेपाली कांग्रेसको कोटाबाट मन्त्री भएको दाबी गरेका छन् । शुक्रबार विस्तार भएको मन्त्रिमण्डलमा हमाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका हुन् । उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सिफारिमा मन्त्री बनाइएको भन्दै आलोचना भइरहेका बेला प्रचण्ड यस्तो भनाइ आएको हो ।

    भरतपुर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले हमाल कांग्रेसका जिल्ला सभापति भइसकेका व्यक्ति भएकाले अनावश्यक चर्चा गर्नु नपर्ने बताए । ‘सांसद नभएका व्यक्ति पनि मन्त्री हुनसक्ने व्यवस्था छ, उहाँ कांग्रेसको कोटाबाट मन्त्री भएकाले अनावश्यक चर्चा गर्नु आवश्यक छैन,’ प्रचण्डले भने, ‘संसद विघटनबाटै नेपालमा सेटिङ भन्ने शब्द खुब चर्चामा छ, कसैलाई फेरि यही भन्न मन लाग्यो होला तर त्यस्तो होइन ।’

    प्रचण्डले नेकपा एमालेले अनावश्यक रुपमा संसद अवरुद्ध गरिरहेको आरोप पनि लगाए । ‘विरोध गर्नै नपर्ने विषयमा विरोध गरेर संसद विघटनलाई जायज पुष्टि गर्ने प्रयास गरिँदै छ । तर त्यो सम्भव छैन,’ उनले भने, ‘संसद चाहिँदैन भने छोडेर गए हुन्छ, हामी छँदैछौं ।’ प्रचण्डले एमसीसी अहिलेकै अवस्थामा नभई दलीय सहमतिमा परिमार्जनसहित पारित हुने स्पष्ट पारे ।

    साथै, कोभिड–१९ विरूद्धको खोप व्यवस्था गरी जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । जनतालाई राहत, विकास निर्माण, शिक्षामा सुधार, थाति रहेका विधेयक अघि बढाउनेलगायतका विषयलाई पनि प्राथमिकतामा राखिएको उनले बताए । प्रचण्डले शिक्षा सम्बन्धी उच्च स्तरीय आयोगले दिएका सुझाव कार्यान्वयन गर्ने पनि बताए ।


    शनिवार, आश्विन २३ २०७८०३:०५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij