Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

मुख्यमन्त्री माग गर्दै सुदूरपश्चिमका काँग्रेस नेताहरु बालुवाटारमा

मुख्यमन्त्री माग गर्दै सुदूरपश्चिमका काँग्रेस नेताहरु बालुवाटारमा

  • शनिवार, आश्विन २३ २०७८

  • 426
    SHARES

  • मुख्यमन्त्री माग गर्दै सुदूरपश्चिमका काँग्रेस नेताहरु बालुवाटारमा

    काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका काँग्रेस नेताहरु असन्तुष्ट देखिएका छन् । अब काँग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै सो प्रदेशका काँग्रेस नेताहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आएका छन् ।
    सुदूरपश्चिम प्रदेशबाट काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलको टोली मुख्यमन्त्री फेर्न माग गर्दै बालुवाटार आइपुगेको हो ।

    प्रदेश १ वा बागमतीमा काँग्रेसले आफ्नो दाबी छाडेपछि अब सुदूरपश्चिममा काँग्रेसले मुख्यमन्त्री पाउनुपर्ने रावलले प्रधानमन्त्री देउवासँग माग गर्नुभएको छ । यसअघि प्रदेश १ र वागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच मुख्यमन्त्रीहरू भागवण्डा गर्ने अघोषित समझदारी भएको थियो । तर, मन्त्रिपरिषद विस्तारका क्रममा आफूहरुले कम मन्त्रालय पाएको माधवकुमार नेपालले गुनासो गरेपछि दुबै प्रदेशमा माधव नेपालको पार्टीलाई मुख्यमन्त्री छाड्न प्रधानमन्त्री देउवा तयार भएका छन् ।

    हाल सुदुरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री हुनुहुन्छ । उहाँलाई एकीकृत समाजवादीको समर्थन छ । यसअघि विश्वासको मत लिँदा भट्टलाई नेपाली काँग्रेसले मतदान नगरी तटस्थ बसेको थियो ।


    शनिवार, आश्विन २३ २०७८०२:५४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij