Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नेपालमा महिला प्रधानमन्त्री हुने दिन टाढा छैन : मन्त्री रेग्मी

नेपालमा महिला प्रधानमन्त्री हुने दिन टाढा छैन : मन्त्री रेग्मी

  • शनिवार, आश्विन २३ २०७८

  • 606
    SHARES

  • नेपालमा महिला प्रधानमन्त्री हुने दिन टाढा छैन : मन्त्री रेग्मी

    काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपालमा निकट भविष्यमै महिला प्रधानमन्त्री बन्नसक्ने र त्यो समय आइरहेको दाबी गर्नुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले प्रधानमन्त्री बन्न महिला योग्य रहेका भन्दै यस्तो बताउनुभएको हो ।

    ‘प्रधानमन्त्री बन्न महिला योग्य छन् । एक तिहाई महिलाहरुको हरेक ठाउँमा प्रतिनिधित्व भयो भने महिला प्रधानमन्त्री हुनसक्छन् । महिला कार्यकारी प्रमुख भएर पुगे भ्रष्टाचार कम हुन्छ । तर, महिलाहरु पनि यो रेसमा दौडिनुपर्छ’, उहाँले भन्नुभयो ।

    महिलाहरु राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनेको उदाहरण दिँदै मन्त्री रेग्मीले प्रधानमन्त्री बन्ने दिन नि टाढा नाभएको बताउनुभएको हो । ‘हाम्रो देशमा महिलाहरु राष्ट्रपति हुनुभयो । सभामुख हुनुभयो । प्रधानन्यायाधीश पनि हुनुभयो । अब प्रधानमन्त्री हुन महिला तयार भएर आउँछन् । कसैले धकेलेर हुँदैन् । यो दिन टाढा छैन् ।’

    यस्तै, मन्त्री रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल काँग्रेसकै पूरानो नेता भएकोले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएको स्पष्ट पार्नुभएको छ । ‘हाम्रो पार्टीको पूरानो नेता हो । उहाँ भिक्टिमाइज हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीको मान्छे हो । अब हेर्नुहोस्, कसैको नाता पर्यो होला । तर, उहाँ भिक्टिमाइज भएर सम्मान गरेको हो’, उहाँले भन्नुभयो ।

    मन्त्री रेग्मीले गैरसांसद व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था रहेको बताउँदै गजेन्द्र हमाल मन्त्री बन्दा प्रधानन्यायाधीशको सवाल जोड्न नहुने बताउनुभयो ।


    शनिवार, आश्विन २३ २०७८०२:४८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij