Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

अनियमितता र भ्रष्टचारी तन्त्रको अन्त्य मेरो लक्ष्य होः मन्त्री राजेन्द्र श्रेष्ठ

अनियमितता र भ्रष्टचारी तन्त्रको अन्त्य मेरो लक्ष्य होः मन्त्री राजेन्द्र श्रेष्ठ

  • शनिवार, आश्विन २३ २०७८

  • 1.7K
    SHARES

  • अनियमितता र भ्रष्टचारी तन्त्रको अन्त्य मेरो लक्ष्य होः मन्त्री राजेन्द्र श्रेष्ठ

    काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले नेपालको संविधान बमोजिम संघियताको कार्यान्वयन गर्दै विज्ञान प्रविधिमैत्री प्रशासन बनाउने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै उहाँले कर्मचारी तन्त्रमा भएको अनियमितता र भ्रष्टचारी तन्त्रलाई अन्त्य गर्ने आफ्नो लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।

    मन्त्री श्रेष्ठले साझा न्युनतम कार्यक्रमको भावना र मर्म अनुसार काम गर्ने अठोट लिनुभएको छ । हाल नेपालमा प्रारम्भिक संघीय शासन पद्धती भएको भन्दै अब समुन्नत संघीय शासन पद्धतीमा अगाडी बढ्दै समाजवादमा जाने उहाँको भनाइ छ ।

    नेपालका संघीयता विकृत ढंगले लागु गरिएकोले यो शासन व्यवस्था खर्चिलो भएको भन्दै मन्त्री श्रेष्ठले कम खर्चिलो बनाउन तिर जानु पर्ने धाराणा राख्नुभयो । कर्मचारीतन्त्रलाई राजनीतिमुक्त बनाउने उहाँको भनाइ छ । संघियता र लोकतन्त्रलाई आधार बनाएर वैज्ञानिक कर्मचारीतन्त्रको निमार्ण गर्ने उहाँले बताउनुभयो ।

     

     

     


    शनिवार, आश्विन २३ २०७८०८:५३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij