Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

झन्डै तीन महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता

झन्डै तीन महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त
  • शुक्रवार, आश्विन २२ २०७८

  • 518
    SHARES

  • झन्डै तीन महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता

    काठमाडौँ । नयाँ सरकार बनेको झन्डै तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

    मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहनुभएका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बन्नुभएको छ ।

    त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा जिम्मेवारी दिइएको छ । मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाउनुभएको हो ।

    Dauba-cabinet-1.jpg

    Dauba-cabinet 2.jpg


    शुक्रवार, आश्विन २२ २०७८०४:२३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij