विराटनगर । अल्पतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने तयारी गरेका छन् । एमाले संसदीय दलको शुक्रबार बसेको बैठकले कात्तिक ५ गते विश्वासको मत लिने निर्णय गरेको बताइएको छ ।
विश्वासको मत लिनका लागि असोज २४ गते प्रस्ताव दर्ता गर्ने उनको भनाइ छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश सांसद हिक्मतकुमार कार्कीले दसैँअघि समय नपुग्ने भएकोले दसैँपछि मात्रै विश्वासको मत लिने बताए ।