Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

जसपाबाट को को बन्दै छन् मन्त्री ?

जसपाबाट को को बन्दै छन् मन्त्री ?

  • शुक्रवार, आश्विन २२ २०७८

  • 505
    SHARES

  • जसपाबाट को को बन्दै छन् मन्त्री ?

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाएका हुन् ।

    राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउने बताइएको छ ।

    जसपा कार्यकारिणी समितिले मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो । तीन नेताले मन्त्री छनोटको मापदण्ड बनाएका थिए ।

    नेताहरुका अनुसार पूर्व राजपा पक्षबाट आएकाबाट महेन्द्र राय यादव, अमृता अग्रहरी र प्रमोद साह दाबेदार थिए । अध्यक्ष यादवले प्रमोदलाई छनोट गरेका छन् । प्रदेश २ बाहिरबाट राजेन्द्र श्रेष्ठ र इतियाक राई तथा महिलाबाट रेणू यादव र अमृता अग्रहरी दाबेदार थिए । श्रेष्ठ र यादवले मन्त्री बन्ने अवसर पाएका छन् ।

     


    शुक्रवार, आश्विन २२ २०७८०२:४२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij