Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

‘मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भाग मागेको भन्ने कुरामा सत्यता छैन’

‘मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भाग मागेको भन्ने कुरामा सत्यता छैन’

  • शुक्रवार, आश्विन २२ २०७८

  • 309
    SHARES

  • ‘मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भाग मागेको भन्ने कुरामा सत्यता छैन’

    काठमाडौँ । सरकारले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भाग मागेको भन्ने विषयमा कुनै सत्यता नरहेको बताएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानन्यायाधीशले सरकारमा भाग मागेको भन्ने आएको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए ।

    जवाफमा कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘प्रधान्यायाधीशले मन्त्रिपरिषद्मा भाग मागेको भन्ने विषयमा सत्यता नरहेको भन्दै यस किसिमको भ्रममा नपर्न आग्रह गरे । मन्त्रिपरिषद्मा भाग खोजेको भन्ने समाचार सार्वजनिक भएपछि प्रधानन्यायाधीश जबराको आलोचना भएको थियो ।


    शुक्रवार, आश्विन २२ २०७८०२:३८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij