Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सबै राजनीतिक दलहरु अवसरवादबाट माथी उठ्न पर्छः दिनानाथ शर्मा

सबै राजनीतिक दलहरु अवसरवादबाट माथी उठ्न पर्छः दिनानाथ शर्मा

  • शुक्रवार, आश्विन २२ २०७८

  • 413
    SHARES

  • सबै राजनीतिक दलहरु अवसरवादबाट माथी उठ्न पर्छः दिनानाथ शर्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले अब सरकारले जनतामा भएको निराशालाई चिरेर प्रभावकारी ढंगले काम गर्नुपर्ने बताउनुभएको छ । नेपालको सबै राजनीतिक पार्टीहरुले सहमती र सहकार्यको विकास गरेर अवसरवादबाट माथी उठ्न पर्ने उहाँको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासंग कुराकानी गर्दै उहाँले भन्नुभयो, “नेताहरुले साना साना स्वार्थको लागि पार्टी मिलाउन पनि नसक्ने र राष्ट्रिय राजनीतिमा पनि झगडा गरिरहने प्रवृतिबाट माथि उठेर जनता र देशलाई केन्द्रमा राखेर विचार र सोचको परिवर्तन गर्नु पर्छ ।”

    जनताको अधिकारलाई संविधानमा उल्लेख गरेको तर कार्यन्वयनमा जनताले संघर्ष गर्न परिरहेको भन्दै उहाँले यस्ता पक्षमा जनताको आवाज शसक्त रुपमा आउन पर्नेमा जोड दिनुभयो ।

    नेता भट्टराईले मन्त्रालयले अति निम्न वर्गलाई हेर्नको लागि मापदण्ड बनाएर छिट्टै लागु गरिहाल्न पर्ने तर्क गर्नुभयो । सरकारले गरिव र किसानलाई माथि उकास्ने कार्य पहिलो प्रथामिक्तामा राख्नु पर्ने उहाँको भनाई छ ।

    राष्ट्रिय सहमती गरेर एमसीसी पारित गर्नुपर्ने भन्दै उहाँले सबै राजनीतिक दलहरुको सहमतीबाट एमसीसी पारित गर्न तर्फ वर्तमान सरकार लागि परेको दावी गर्नुभयो ।


    शुक्रवार, आश्विन २२ २०७८१०:१३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij