काठमाडौँ । नेपाली काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वको टोली भारत प्रस्थान गरेको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा विहीबार मध्यान्ह महत नेतृत्वको तीन सदस्यीय टोलीले पाँच दिने भारत भ्रमणमा निस्किएको हो ।
पूर्व परराष्ट्रमन्त्री महतसँग काँग्रेस केन्द्रीय सदस्य तथा तराई–मधेश समन्वय विभाग प्रमुख अजय चौरासिया र युवा नेता तथा पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणा टोलीमा सहभागी छन् । विहीबार १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उनी दिल्ली प्रस्थान गरेको हो ।
महतको टोलीलाई दिल्ली विमानस्थलमा बीजेपी विदेश विभागका केन्द्रीय सदस्य अश्विर जोहरले स्वागत गर्ने भएका छन् । भ्रमण टोलीमा सहभागी नेता राणाका अनुसार महतको टोलीले आज भारतको भाजपाका अध्यक्ष जेपी नड्डासँग भेट गर्ने कार्यक्रम छ ।
काँग्रेसको निम्तोमा गत महिना नेपाल भ्रमणमा आएका भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले काँग्रेसले भारत भ्रमणको निम्तो दिएको थियो ।