काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको बताइएको छ ।
सत्तारुढ दलहरुबीच एकीकृत समावादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति छ । तर सरकारमा को को सहभागी हुने भन्नेमा मतैक्य छैन । पार्टीको भागमा परेको मन्त्रालय सीमित र आकांक्षी धेरै भएपछि व्यवस्थापन गर्न अध्यक्ष नेपाललाई हम्मेहम्मे परको छ ।