Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीशलाई बोलाएको भन्दै सर्वाेच्च बारको चियापान वरिष्ठ अधिवक्ताहरुद्वारा बहिस्कार

प्रधानन्यायाधीशलाई बोलाएको भन्दै सर्वाेच्च बारको चियापान वरिष्ठ अधिवक्ताहरुद्वारा बहिस्कार

  • बुधवार, आश्विन २० २०७८

  • 662
    SHARES

  • प्रधानन्यायाधीशलाई बोलाएको भन्दै सर्वाेच्च बारको चियापान वरिष्ठ अधिवक्ताहरुद्वारा बहिस्कार

    काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रमुख अतिथि बनाएर सर्वाेच्च अदालत बार एशोसिएसनले आयोजना गरेको चियापान कार्यक्रम वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गरेका छन् ।

    मन्त्रिपरिषदमा भागबण्डा खोजेको लगायतको विवादमा परेका प्रधानन्यायाधीशको काम कारबाहीमाथि प्रश्न उठाउनुपर्ने बेला प्रमुख अतिथि बनाएर बोलाएको भन्दै वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च बारको चियापान नै बहिस्कार गरेका हुन् ।

    मन्त्रिपरिषदमा भाग मागेको आरोप लागेका प्रधानन्यायाधीश राणा प्रमुख अतिथि रहने भनेपछि कार्यक्रममा आफू पनि नगएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताउनुभयो ।

    वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गर्ने पूर्व सूचना पाएपछि प्रधानन्यायाधीश जबरा पनि चियापान कार्यक्रममा जानुभएन । सञ्चो नभएको भन्दै उहाँ कार्यक्रममा सहभागी नभएको सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले बताउनुभयो ।

    उहाँका अनुसार चियापन कार्यक्रमा सर्वोच्चका न्यायाधीशहरु सपना मल्ल प्रधान, हरि फुयाल, मनोज शर्मा र नहकुल सुवेदी लगायत उपस्थित थिए । बाँकी न्यायाधीशहरुले विभिन्न कारणले उपस्थित हुन नसकेको खबर पठाएको उहाँले बताउनुभयो ।

    प्रधानन्यायाधीश राणालाई व्यक्तिगत नभई संस्थागत ढंगले कार्यक्रममा निम्त्याएकोले विवाद गरिरहन आवश्यक नरहेको उहाँको भनाइ छ । शाक्यले बाहिर हल्ला गरिएजस्तो कार्यक्रम बहिस्कार नै भएको भन्ने कुरा भने गलत रहेको बताउनुभयो ।

    सर्वाेच्च बारले हरेक वर्ष दसैँ लगायतका चाडपर्वका अवसरमा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गर्ने गरेको छ । तर यसवर्षको कार्यक्रम भने प्रधानन्यायाधीश राणाको विषयलाई लिएर खल्लो भएको छ । मन्त्रिपरिषद्मा भाग मागेको विषय बाहिर आएपछि राणा विवादमा आउनुभएको हो ।


    बुधवार, आश्विन २० २०७८०७:४६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij