काठमाडौं – प्रदेश नम्बर २ का मुख्यन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । जसपा विभाजनपछि उहाँले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिनुभएको हो ।
राउतलाई नेकपा एमाले र लोकतान्त्रिक समाजवादीबाहेक अन्य दलले समर्थन गरेका कारण उहाँको सरकार सुरक्षित भएको हो ।
प्रदेशसभामा भएको मतदानमा राउतले ७७ मत प्राप्त गर्नुभयो । विपक्षमा २३ मत परेको छ । १०४ सदस्यीय प्रदेश सभामा ४ जना सांसद भने अनुपस्थित भएका छन् ।
प्रदेश नम्बर २ को प्रदेशसभा जम्मा १०८ सदस्यीय रहेकामा चार जना माओवादी सांसदले एमाले रोजेर कारवाहीमा हाल १०४ सांसदमात्र छन् ।
तीमध्ये ४ जना अनुपस्थित हुँदा राउतको पक्षमा दुई तिहाई बहुमत आएको हो ।