Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेसभामा एमालेको नाराबाजी, दुई विधेयक पारित

लुम्बिनी प्रदेसभामा एमालेको नाराबाजी, दुई विधेयक पारित

  • बुधवार, आश्विन २० २०७८

  • 442
    SHARES

  • लुम्बिनी प्रदेसभामा एमालेको नाराबाजी, दुई विधेयक पारित

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीका बीच लुम्बिनी प्रदेशसभाले दुईवटा विधेयक पारित गरेको छ । आज प्रदेशसभाको बैठक शुरु हुनासाथ एमाले सांसदहरु रोष्टममा पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध गर्न खोजेका थिए ।

    तर सभामुख पूर्णबहादुर घर्तीले बैठक अघि बढाउनुभयो । प्रदेशसभाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र प्रदेश ५ को प्रदेश पदक ऐन २०७६ संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक बहुमतले पारित गरेको छ ।

    एमाले सांसदको नाराबाजीकै बीच सभामुख घर्तीले दुवै विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । दुई विधेयक पारित भएसँगै बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ । ४ बजे बस्ने बैठकमा सरकारले प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट ल्याउने छ ।

    एमालेले स्वतन्त्र सांसद अजय शाही र गत वैशाख १९ गते माओवादी केन्द्र रोजेकी तत्कालीन नेकपाबाट निर्वाचित विमला खत्रीलाई पदमुक्त गर्न माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गरिरहेको छ ।


    बुधवार, आश्विन २० २०७८०३:५२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij