काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले समाजिक सुरक्षा भत्ता छिटै वितरण गरिने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासंग कुरा गर्दै उहाँले सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गर्न ढिला गरेको विषयमा चौतर्फी रुपमा आएको गुनासोको सम्बोधन गर्दै छिटै वितरण गरिने दावी गर्नुभयो ।
उहाँले विपन्न, गरिव, रोगी हरुको पक्षमा सरकारले विभिन्न कामहरु गरिरहेको आश्वासन पनि दिनुभयो । कांगे्रसले कुरा भन्दा पनि काम गर्नेमा ध्यान दिने भन्दै उहाँले भन्नुभयो हामी अरु पार्टी जसरी धेरै प्रचारबाजी गर्दैनौं सरकारले प्रतिवद्धता गरेका कुराहरु सबै पुरा हुन्छ ढुक्क हुनुहोस् ।
महतले भोलि मन्त्रीपरिषद विस्तार हुने भन्दै कांग्रेसमा मन्त्री र मन्त्रालयको विषयमा समस्या नभएको दावी गनुभयो ।
कांगे्रसका नेताहरु मन्त्री नहुँदैमा कोई पनि असन्तुष्ट नहुने उहाँको भनाई छ । छोटो समयमा धेरैलाई कोरोना विरुद्धको खोप लगाउनु नै देउवा सरकारको मुख्य उपलब्धी भएको महतको तर्क छ ।
अब नेपालीले लकडाउन, उपचार नपाउने जस्ता विकराल समस्या भोग्न नपर्ने भन्दै उहाँले कोरोना कहरको अध्याय अन्त्य भएको दावी गर्नुभयो ।