Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

४१.८४ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब पनि पुगेन

४१.८४ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब पनि पुगेन

  • मंगलवार, आश्विन १९ २०७८

  • 646
    SHARES

  • ४१.८४ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब पनि पुगेन

    काठमाडौँ । आज शेयर कारोबार मापक नेप्से परिसूचक करिब ४२ अंकले सुधार भएको छ । केहीदिन यता लगातार घटिरहेको नेप्से परिसूचक आज ४१ दशमलव ८४ अंकले बढेर २ हजार ६ सय १२ दशमलव ६५ अंकले बढेको छ ।
    यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.०४ अंकले बढेर ४९२.०३ विन्दुमा उक्लिएको छ । आज व्यापार उपसमूहबाहेक सबै उपसमूहको परिसूचक सकारात्मक बनेको छ ।
    व्यापार समूहको उपसूचक भने ५६ अंकले घटेको छ । नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने सुधार हुन सकेन । कारोबार रकम ३ अर्ब पनि पुग्न सकेन ।
    कूल २२३ वटा कम्पनीका ५८ लाख ४२ हजार १३५ कित्ता सेयर ४१ हजार ५१ पटक खरिद–बिक्री भएका हुदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँ बाराबरको शेयर कारोबार भएको छ ।
    आज मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेड, समता घरेलु लघुवित्त संस्था र हिमालयन पावर पार्टनर लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले घटेपछि नकारात्मक सर्किट लागेको छ ।


    मंगलवार, आश्विन १९ २०७८०४:२३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij