Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

  • मंगलवार, आश्विन १९ २०७८

  • 368
    SHARES

  • प्रतिनिधि सभाको बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजको बैठकमा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६÷७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै आए पनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कामकारबाही सञ्चालन गर्दै आएका छन् ।

    आज पनि सदनमा एमालेले नारावाजी गर्ने संभावना छ भने सभामुखले संसदको कारवाही अगाडि बढाउनेछन् ।
    आफुले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना सभामुखले नटासेसम्म संसद्को अवरोध जारी राख्ने एमालेले बताउँदै आएको छ ।

    उसले १४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखलाई राजीनामा दिन आग्रह गर्दै आएको छ ।


    मंगलवार, आश्विन १९ २०७८१०:५३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij