Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

बामदेव गौतमका कारण नेकपा विभाजन भएको होः पृथ्वीसुब्बा गुरुङ

बामदेव गौतमका कारण नेकपा विभाजन भएको होः पृथ्वीसुब्बा गुरुङ

  • मंगलवार, आश्विन १९ २०७८

  • 926
    SHARES

  • बामदेव गौतमका कारण नेकपा विभाजन भएको होः पृथ्वीसुब्बा गुरुङ

    काठमाडौं । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले बामदेव गौतमको कारण नेकपा विभाजन भएको आरोप लगाउनुभएको छ । पार्टीमा चलखेल गरेकोले पार्टी एकताबाट भंग भएको हुनाले गौतम पार्टीमा हुनु र नहुनुमा कुनै अर्थ नभएको उहाँको भनाइ छ ।

    गौतमले नेकपामा खलनायकको भुमिका खेले पनि आफूहरुले एमाले मै रहनको लागि अन्तिमसम्म प्रयत्न गरेको तर भिरबाट खसिसकेकोले राम–राम भनेर बसेको गुरुङले बताउनुभयो ।

    एमाले छोडे पछि झलनाथ खनाल र माधव नेपालको शक्ती, गौरवगाथा सबै समाप्त भएको नेता गुरुङको भनाइ छ । व्यक्तिगत स्वार्थ पुरा नभएकोले पार्टी छोडेर गएकोले अब उहाँहरुको राजनीतिक भविष्य सकिएको उहाँको भनाइ छ ।

    केपी शमा ओली जस्तो इच्चा शक्ती, भिजन, देशभक्त र जनताको सेवा गर्न सक्ने नेता नेपालको कुनै पनि पार्टीमा नभएको दावी गर्दै नेता गुरुङले ओलीको कार्यदिशाले देशलाई समृद्ध बनाउने बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै एमालेले ओलीलाई भगवान मानेको भन्ने तर्कको खण्डन गर्दै नेता गुरुङले भन्नुभयो “हामीले उहाँलाई पुजेको होइन उहाँको काम, इमानदारिता र विचारलाई समर्थन गरेका हौं”

    गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहनुभएका गुरुङले गण्डकीको हालको सरकार नालायक भएको भन्दै आफ्नो सरकारले सुरुवात गरेको राम्रा, ठुला र जनताको हित हुने आयोजनाहरुको पैसा काटेर कार्यकर्तालाई बाँडेको आरोप लगाउनुभयो । प्रदेश सरकार पूर्ण रुपमा असफल भएको भन्दै उहाँले आगामी चुनावमा जनताले राम्रो जवाफ दिने बताउनुभयो ।


    मंगलवार, आश्विन १९ २०७८०९:३०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij