Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

ललितानिवास प्रकरण : माधव नेपाल र बाबुराम विरुद्धको मुद्दामा सुनुवाइ आज

ललितानिवास प्रकरण : माधव नेपाल र बाबुराम विरुद्धको मुद्दामा सुनुवाइ आज

  • सोमवार, आश्विन १८ २०७८

  • 428
    SHARES

  • ललितानिवास प्रकरण : माधव नेपाल र बाबुराम विरुद्धको मुद्दामा सुनुवाइ आज

    काठमाडौँ । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गर्नुभएको रिटमाथि आज सुनुवाइ हुँदै छ ।

    तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै अख्तियारविरुद्ध न्यौपानेले दायर गरेको रिटमाथिको सुनुवाइ पटक–पटक पेसी चढ्दै आएको छ ।

    आज प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा एक नम्बरमै सो अग्राधिकार प्राप्त रिटको सुनुवाइ तोकिएको छ । सत्ता गठबन्धनमा प्रधानन्यायाधीशले पनि मन्त्री मागेको र माधव नेपाल र बाबुरामले नमानेको भनिएका बेला सो मुद्दा प्रधान न्यायाधीश आफैंले हेर्ने हुनुभएको हो ।


    सोमवार, आश्विन १८ २०७८११:२४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij