काठमाडौँ – नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत तीनवटै प्रतिवेदन पारित भएको छ।
आइतबार महाधिवेशनको पूर्ण सत्रले शुक्रबार प्रस्तुत प्रतिवेदनहरु पारित गरेको हो ।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
आइतबार प्रतिवेदन प्रस्तुतकर्ता तीनै जनाले जवाफ दिनुभयो ।
प्रतिवेदनमाथि छलफलका लागि १० वटा समूह गठन गरिएका थिए ।
उनीहरुले उठाएका प्रश्नहरुमाथिअओली, पोरखेल र पौडेलले सम्बोधन गरेका थिए ।
जवाफपछि ती प्रतिवेदनहरु सर्वसम्मत ढंगबाट पारित भएको हो ।