काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा जारी छ ।
तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत रिपोर्टिङ सकिएको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ–आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएका थिए ।
छलफलमाथि उठेका प्रश्नको शीर्ष नेताहरुले जवाफ दिनेछन्। यसअघि प्रतिनिधिहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छलफलमा भाग लिएका थिए।
शुक्रबार छलफलका लागि प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको थियो। १० वटा समूहलाई सहजीकरण गर्न २० जना नेताहरुलाई जिम्मेवारी दिइएको थियो। टोली नेताले समूहगत छलफलको संक्षेपमा प्रस्तुत गर्न थालेका छन्।