Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

संस्थापन इतर पक्षका कांग्रेस नेता भन्छन् – काम गर्न नसक्ने नेतृत्वलाई विदा गर्नुपर्छ

संस्थापन इतर पक्षका कांग्रेस नेता भन्छन् – काम गर्न नसक्ने नेतृत्वलाई विदा गर्नुपर्छ

  • शनिवार, आश्विन १६ २०७८

  • 287
    SHARES

  • संस्थापन इतर पक्षका कांग्रेस नेता भन्छन् – काम गर्न नसक्ने नेतृत्वलाई विदा गर्नुपर्छ

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ । आज पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन कर्यक्रममा उहाँले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसकेको भन्दै कांग्रेस सुदृढ बनाउन नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।

    पार्टीको १४ औं महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो पनि दावी रहेको नेता सिंहले बताउनुभयो । आफू कुन कारणले सभापति पदमा अयोग्य छु भनेर कन्भिन्स गर्न पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ अघि बढ्न पनि काँग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभयो । कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन, सबै कम्युनिस्ट पार्टी मिलेर आउँदा पनि कांग्रेसले एक्लै निर्वाचन जित्ने गरी पार्टीलाई शुद्ध र सुदृढ बनाउन आफूहरु लागि परेको उहाँले बताउनुभयो ।


    शनिवार, आश्विन १६ २०७८०३:३०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij