Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

देशलाई दुर्घटनाबाट जोगाउन केपी ओलीविरुद्ध विद्रोह गरें : प्रचण्ड

देशलाई दुर्घटनाबाट जोगाउन केपी ओलीविरुद्ध विद्रोह गरें : प्रचण्ड

  • शनिवार, आश्विन १६ २०७८

  • 450
    SHARES

  • देशलाई दुर्घटनाबाट जोगाउन केपी ओलीविरुद्ध विद्रोह गरें : प्रचण्ड

    काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले तत्कालीन नेकपामा अध्यक्ष केपी ओलीले धोका र छलकपटको नीति लिएपछि आफूले हेडक्वार्टरमा ‘बमबारी’ गरेको बताउनुभएको छ । उहाँले ओलीविरुद्ध आफूले पार्टीमा प्रस्तुत गरेका दस्तावेजलाई बमको संज्ञा दिनुभएको हो ।

    माओवादीको प्रदेश सम्पर्क समिति भेलालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘मैले पेश गरेको डकुमेन्ट भनेको ‘बमवार्ड द हेडक्वाटर’ हो । जसरी माओत्सेतुङले बमबार्ड त बुर्जुवा हेर्डक्वाटर भनेर पार्टीकै लिडरसीपमाथि प्रहार गर्ने कुरा गर्नुभएको थियो, मैले पनि त्यस्तै गरेको हुँ ।’

    एउटा प्रधानमन्त्री र आफ्नो पार्टीका अध्यक्षविरुद्ध विद्रोह गर्ने कुरा गम्भीरै भएपनि देशलाई दुर्घटनामा पर्न नदिन आफूले त्यो गर्नुपरेको उहँले बतानुभयो । ओली प्रधानमन्त्री छँदा ३ वर्ष आफूलाई बालुवाटारको बन्दी भएको अनुभव भएको प्रचण्डले सुनाउनुभयो ।


    शनिवार, आश्विन १६ २०७८०३:५६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij