काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ‘एस’ का बरिष्ठ नेता झलनाथ खनालले जनताको बहुदलीय जनबाद र पुँजिवादी जनबाद एउटै भएको टिप्पणी गर्नु भएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासंग कुरागर्दै पुर्व प्रधानमन्त्री समेत रहनुभएका खनालले नेपाली कांगे्रसले जस्तै पुँजिवादलाई अपनाएर नेकपा एमाले भाई कांगे्रस भएको आरोप लगाउनुभयो ।
जननेता मदन भण्डारीले जबजलाई समाजवादको लागी नभएर पुँजिवादको लागि अगाडी बढाएको उहाँले तर्क गर्नुभयो । नेता खनालले नबौं महाधिवेशनबाट नै ओलीले एमालेलाई दक्षिण पन्थी अवसरवादमा लगेको आरोप लगाउनुभयो । अहिले विधान महाधिवेशनबाट त्यसैलाई संस्थागत गर्न लागेकोले एमाले अव संस्थागत रुपमै दक्षिणपन्थ अवसरवादी पार्टी हुने दावी गर्नुभयो ।
एमालेले माक्र्सवाद/लेलिनवादलाई छाडेर ओलीको गुट मात्रै भएकोले अब एमालेको भविष्य सिद्धिएको उहाँको भनाई छ । विधान महाधिवेशनमा ओलीको हाई–हाई गरेर तानाशाही प्रवत्ती झल्किएको भन्दै खनालले ओलीलाई हिटलरसंग दाँज्न मिल्ने तर सि जनपिङसँग दाँज्न नमिल्ने बताउनुभयो । नेकपा एमालेमा दोस्रो पुस्ता निदाएको उहाँको टिप्पणी छ ।
एकिकृत समाजवादी पार्टी र एमालेमा मार्गदर्शन सिद्धान्त नमिल्ले, कार्यदिशा नमिल्ने, दृष्टीकोण लगायतका कुनै सिद्धान्त नमिल्ने भन्दै उहाँले हालको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म एक भएर जाने विश्वास व्यक्त गर्नुभयो । तीन दिन भित्रमा मन्त्रीमण्डल विस्तार हुने दावी गर्दै उहाँले एमसीसी संशोधन नभए कुनै हालतमा पास गर्न नमिल्ने अडान दोहोर्याउनु भयो ।