काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषदको बिहीबार (आज) बसेको बैठकले साँझ ५ बजेबाट अधिवेशन अत्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
कानुनमन्त्री डा.शिवमाया तुम्बाहम्फेले नागरिकता लगायतका कतिपय विधेयकमा विवाद रहेको र अरू खासै केही नभएको बताएपछि प्रधानमन्त्रीले त्यसो भए आजै संसद अधिवेशन अन्त्य गर्ने निर्णय सुनाउनुभयो । मन्त्रिपरिषद बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता समेत गर्नुभएको थियो ।
वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामती सम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो । तर सत्तारुढ नेकपामा प्रधानन्त्री ओलीको राजीनामा माग भएसँगै अचानक संसद अधिवेशन अन्त्य गर्न सिफारिस भएको छ ।