काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आजभोलि मै मन्त्रालयको भागबण्डा टुंगिने बताउनु भएको छ । आज बिहीबार काठमाडौंमा आयोजित सहिद प्रतिष्ठान नेपालको कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।
‘हामी गठबन्धन सरकारमा छौँ । अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय हामीले लिएका छौं । अरू केही मन्त्रालय पनि छिट्टै सम्भवतः आजभोलि नै टुंगिँदैछ’ प्रचण्डको भनाइ छ ।
पूर्व प्रधानमन्त्री प्रचण्डले ‘तपाईंहरुले हेरिरहनु भयो होला, पहिलोचोटी सरकारको साझा न्युनतम कार्यक्रममा सहिद तथा वेपत्ताका बारेमा घाइते अपाङ्गका बारेमा राज्यका तर्फबाट गर्नुपर्ने राहत वितरण, उपचारका सन्र्दभमा औपचारिक दस्तावेजीकरण भएर अघि बढेको छ ।