काठमाडौं । नेपाली कांग्रेसका नेता दिपक खड्काले सहमति र सहकार्य भित्र मात्रै एकता बलियो हुने बताउनुभएको छ ।
कांग्रेसमा सभापतिको उम्मेद्वारमा धेरै आकांक्षीहरु भएको कुरालाई स्विकार गर्दै उहाँले न्यायोचित ढंगले छलफल गरेर सहमति खोज्ने प्रयास गरिने बताउनुभयो ।
यो महाधिवेशनले शिर्ष नेताहरु, मध्यम खालका र युवा तिनै पङतीलाई समावेशीता अपनाएर मिश्रीत किसीमको पदाधिकारी छनोट गरेर लैजान पर्ने नेता खडकाले नेपाली रेडियो नेटवर्क सँगको कुराकानीमा बताउनुभयो ।
सहमती जुटाउन बृहत छलफल नै मुख्य शुत्र भएको उहाँको धारणा छ ।