प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ, बेटी बचाउ’ योजनामा कुनै पनि भ्रष्टचार नभएको दावी गर्नुभएको छ । यो योजना राष्टिय गौरवको योजना भएकोले राम्रो काम गरेको देख्न नसक्नेहरुले आफुमाथि षड्यन्त्र बुनिरहेको आरोप लगाउनुभयो ।
हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भ्रष्टचार भएको भनेर छापा मारेको थियो । गलत शैलीमा छापा मारेको भन्दै मुख्यमन्त्री रावतले आपत्ती जनाउनुभएको छ । मुख्यमन्त्री कार्यलयलाई बदनाम गर्ने हिसाबले छापा मारिएकोमा अख्तियार कार्यलयका प्रमुख प्रेम कुमार राईले पनि गलत तरिकाले छापा मारिएको स्विकार गरेको मुख्यमन्त्री राउतले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासंग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘अख्तियारलाई छानमिन गर्ने अधिकार छ, तर उहाँहरुले गलत तरिकाले छानविन गर्नुभयो । चेकजाच गर्न म आफै सहयोग गर्ने छु ।’ ‘बेटी पढाउ, बेटी बचाउ’ आयोजनामा साइकल खरिद गर्दा पुरै विधि र प्रक्रियालाई टेकेर गरिएको मुख्यमन्त्री राउतले दावी गनुभयो ।
साइकल खरिद प्रक्रियामा को–को संलग्न छ सबैलाई छानविन गर्नु पर्ने भन्दै मुख्यमन्त्री राउतले खरिद गरिएको सबै कागजातको प्रमाणबाट भ्रष्टचार नगरेको प्रमाणित गर्ने उहाँले दावी गर्नुभयो ।
खरिद प्रक्रियामा आएको मुल्यको अन्तर कसरी आयो भनेर आफैले जाँचबुझ गरेको भन्दै सबै प्रक्रिया विधि र पद्धती अनुसार भएको उहाँको भनाइ छ ।