Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

क्रान्तिकारीको अध्यक्ष दावी गर्दै उत्तम अधिकारी

क्रान्तिकारीको अध्यक्ष दावी गर्दै उत्तम अधिकारी

  • बिहिवार, आश्विन १४ २०७८

  • 1000
    SHARES

  • क्रान्तिकारीको अध्यक्ष दावी गर्दै उत्तम अधिकारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन आज (बिहिबार) देखि काठमाडौंमा सुरु हुने भएको छ । १६ गतेसम्म चल्ने सम्मेलनले क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्ने छ ।

    यस अघिको सम्मेलनमा निर्वाचनद्धारा नेतृत्व चयन गरेपनि २२ औं राष्ट्रिय सम्मेलनमा भने सहमतिको आधारमा नेतृत्व चयन हुने बुझिएको छ । क्रान्तिकारीको आगामी अध्यक्षमा महासचिव उत्तम अधिकारी, उपाध्यक्षहरु पंचा सिंह, दिपक देवकोटा, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारीको दावी रहेको छ ।

    अध्यक्षका प्रत्यासीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले आफ्नै निवासमा छुट्टाछुट्टै बोलाई संगठनका विषयमा छलफल गरेका थिए । प्रचण्डले विद्यार्थी नेताहरुसँग संगठनको आगामी कार्ययोजनाको खाका मागेको छलफलमा सहभागीले बताए ।
    नेकपा विभाजन पछि आफ्नो पुरानै संरचनामा फर्किएको क्रान्तिकारीमा गुटबन्दि बढेको सोहि संगठनका नेता कार्यकर्ताको निश्कर्ष छ ।

    गुटबन्दीले कमजोर बनाएको संगठनलाई गुटबन्दी नगर्ने छवि भएका नेतालाई नेतृत्वमा अगाडी सारेर माओवादीले आफ्नो भातृ संगठनलाई बलियो बनाउन खोजेको देखिन्छ ।

    सो विकल्पमा महासचिव उत्तम अधिकारी अगाडी देखिएका छन् । पछिल्लो समय अधिकारीको पक्षमा माओवादी अध्यक्ष प्रचण्ड समेत सकारात्मक रहेको स्रोतले बताएको छ ।

    अध्यक्षका अन्य दावेदारहरु पनि आफ्नो सम्भावना बलियो रहेको बताउछन । देशभरबाट करिब नौ सय जना प्रतिनिधि सहभागी हुने सम्मेलनको उद्घाटन कमलादी र बन्द सत्र बानेश्वरमा हुने क्रान्तिकारीले बताएको छ ।

     


    बिहिवार, आश्विन १४ २०७८०७:०२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij