Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अख्तियारले छापा मारेपछि मुख्यमन्त्री राउतले भने, ‘संघीयता असफल पार्ने षड्यन्त्र भयो’

अख्तियारले छापा मारेपछि मुख्यमन्त्री राउतले भने, ‘संघीयता असफल पार्ने षड्यन्त्र भयो’

  • बुधवार, आश्विन १३ २०७८

  • 773
    SHARES

  • अख्तियारले छापा मारेपछि मुख्यमन्त्री राउतले भने, ‘संघीयता असफल पार्ने षड्यन्त्र भयो’

    काठमाडौँ – प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साइकल वितरणसम्बन्धी कागजात जफत गरेको छ ।

    आज दिउँसो अख्तियारको टोलीले बेटी पढाउ, बेटी बचाउ अभियानअन्तर्गत कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरिएकोसम्बन्धी कागजात जफत गरेको हो ।

    साइकल वितरणमा अनियमितता भएको उजुरी परेपछि छानबिनका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल र बर्दिबासस्थित कार्यालयको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेको थियो ।

    मुख्यमन्त्री कार्यालयबाट कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अख्तियारको बर्दिबास कार्यालयका प्रमुख रामबन्धु सुवेदीले बताउनुभयो ।

    करोडौँ खर्च गरेर चलाइएको बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा भ्रष्टाचारको प्रश्न उठेपछि अख्तियारले कदम चालेको हो ।

    तर मुख्यमन्त्री लालबाबु राउतले भने अख्तियारको छापा मार्ने शैलीप्रति आपत्ति जनाउनुभयो । संघीयता असफल पार्ने षडयन्त्र बमोजिम यो कदम चालिएको उहाँको आरोप छ ।

    प्रदेश सरकार आफैंले जनलोकपाल आयोग गठन गरेको भन्दै मुख्यमन्त्री राउतले अख्तियारले छापा मारेर प्रमाण मात्र लोप गरेको आरोप लगाउनुभयो ।

    प्रदेश २ का ८ जिल्लाका सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण गर्ने भने पनि विद्यार्थीको संख्या यकीन नगरी साइकल वितरण गरिएको थियो ।

    प्रधानाध्यापकमार्फत दिइएको साइकल विद्यार्थीसमक्ष पुगेको वा नपुगेको पनि प्रष्ट नभएको भनी महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा प्रश्न उठाएको थियो ।

    तर यसबारे प्रदेश सरकारले गठन गरेको जनलोकपाल अयोग भने रमिते बनेको छ ।


    बुधवार, आश्विन १३ २०७८०७:२०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij