Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सभामुख सापकोटा विरुद्धको मुद्दा फेरि ‘हेर्न नमिल्ने’मा

सभामुख सापकोटा विरुद्धको मुद्दा फेरि ‘हेर्न नमिल्ने’मा

  • बुधवार, आश्विन १३ २०७८

  • 722
    SHARES

  • सभामुख सापकोटा विरुद्धको मुद्दा फेरि ‘हेर्न नमिल्ने’मा

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर भएको मुद्दा पेसीमा चढेको भएपनि ’हेर्न नमिल्ने’मा परेको छ । पूर्णिमाया लामा लगायतले दायर गरेको मुद्दाको सुनुवाइका लागि बुधबार संवैधानिक इजलासमा पेसी तोकिएको थियो ।

    तर उक्त मुद्दा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन नसकेको बताइएको छ । न्यायाधीश कार्कीले विगतमा कानुन व्यवसायी हुँदा यो मुद्दामा बहस गरेका थिए । त्यसैले कार्कीको स्वार्थ बाझिने भएकाले बुधबारको संवैधानिक इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पहिलो नम्बरमै सुनुवाइका लागि पेसी तोकिएको भएपनि मुद्दा हेर्न नमिल्नेमा परेको हो । संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्। कनकमणि दीक्षित र सुशिल प्याकुरेल लगायतले दारयर गरेको रिटपनि संयुक्त रुपमा इजलासमा पेसी चढेको थियो ।

    यसअघि भदौ १६ गते पनि मुद्दा पेसीमा चढेर हेर्न नमिल्नेमा राखिएको थियो । द्वन्द्वकालमा भएको एक हत्यामा सभामुख अग्नि सापकोटाविरुद्ध अनुसन्धान हुनुपर्ने माग गर्दै २०६८ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।


    बुधवार, आश्विन १३ २०७८०४:०८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij