काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका उपाध्यक्ष भीम रावलले परराष्ट्रमन्त्री डा. नारायण खडकाले आफ्नो देशको स्वाधिनतालाई अरुको पाउमा राखिदिएको आरोप लगाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसको क्रममा पत्रकार ऋषी धमलासंग कुराकानी गर्दै परराष्ट्रमन्त्री खड्काले एमसीसी संशोधन गर्न नसकिने भनेर राष्ट्रसंघको महासभामा गरेको सम्मोधनलाई देशको अहितमा बोलेको रावलले आरोप लगाउनुभएको छ ।
उहाँले नेपालीले अमेरीकाको प्रवक्ता भएर देशलाई कता लान खोजिदै छ भन्ने प्रष्ट भएको बताउनुभयो ।