Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

राजनीतिमा रुपान्तरण हुनुपर्छः कांगेस प्रवक्ता शर्मा

राजनीतिमा रुपान्तरण हुनुपर्छः कांगेस प्रवक्ता शर्मा

  • बुधवार, आश्विन १३ २०७८

  • 696
    SHARES

  • राजनीतिमा रुपान्तरण हुनुपर्छः कांगेस प्रवक्ता शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले राजनीतिमा रुपान्तरण ल्याउनु पर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसको क्रममा पत्रकार ऋषी धमलासंग कुराकानी गर्दै उहाँले हिजो राजनीतिक रुपान्तरण भन्ने अवधारणा थियो भने आज राजनीतिमा रुपान्तरण भन्ने अवधारणा आफूले अगाडी सारेको बताउनुभयो ।

    राजनीतिमा परिवर्तन गर्न सकेमा यसले सम्पुर्ण विषयमा प्रभाव पार्नुको साथै सकारात्मक परिवर्तन हुने पनि उहाँको भनाइ छ ।

    प्रवक्ता शर्माले नेपाली कांग्रेस पार्टीमा रुपान्त्रण भन्ने दृष्टिकोण छिटै आफुले ल्याउने बताउनुभयो ।

    आगामी महाधिवेशनलाई लक्षित गर्दै प्रवक्ता शर्माले महामन्त्रीको उम्मेदवार आफु र अरु साथिहरु पनि आकांक्षी रहेको र सभापत्तीमा पनि त्यस्तै भएको भन्दै विचार समुहले छलफल गरेर साझा धारणा लिएर एक भएर महाधिवेशनमा भाग लिन पर्ने बताउनुभयो ।

    उहाँले संसदमा अवरोध हुँदैमा निरन्तर संसद विगठन गर्न नहुने बताउनुभयो । यो सरकारले पुरा कार्यकाल सरकार चलाउने भन्दै उहाँले अघिल्लो सरकारले जस्तो असंवैधानीक काम नगर्ने प्रष्ट पार्नुभयो ।

    गठबन्धनका दलहरुको आन्तरीक समस्यालाई समाधान गर्न परेकोले मन्त्रीपरिसद विस्तार हुन नसकेको भन्दै उहाँले सरकारले पुर्णता नपाए पनि सरकारले तत्काल गर्नु पर्ने कामहरु गरेको दावी गर्नुभयो ।

    प्रवक्ता शर्माले नेपाली कांगे्रसको महाधिवेशनमा वडा तथा पालिका स्तरिय अधिवेशन १५ अघि पछि भए पनि केन्द्रको महाधिवेशन समयमै हुने जिकिर गर्नुभयो । यो महाधिवेशनमा धेरै नयाँ पुस्ता आउने पनि उहाँको भनाई छ ।


    बुधवार, आश्विन १३ २०७८०८:५२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij