Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी कमिटीे बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटीे बैठक बस्दै

  • बुधवार, आश्विन १३ २०७८

  • 392
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटीे बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्न लागेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्न लागेको नेताहरुले जानकारी दिएका छन् ।

    यसअघि हिजो दिउँसो ३ बजेका लागि तय गरिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण आजका लागि सारिएको हो ।

    पार्टीको राष्ट्रिय सम्मेलनको तयारीका बारेमा बैठकमा छलफल केन्द्रीत हुने जनाइएको छ । पार्टीले यसअघि नै राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम तोकिसकेको छ ।

    गत सोमबार बसेको बैठकले सदस्यता नवीकरण गर्ने मिति असोज मसान्तसम्म, वडा भेलाको बैठक कार्तिक १३ गते र पालिका स्तरीय भेला मंसिर ४ गतेसम्मलाई सारेको थियो ।

    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि सामान्य समिक्षा हुने नेताहरुले जानकारी दिएका छन् ।


    बुधवार, आश्विन १३ २०७८०८:३४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij