Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट

परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट

  • मंगलवार, आश्विन १२ २०७८

  • 408
    SHARES

  • परराष्ट्रमन्त्री खड्काको शपथ  बदरको माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट परेको छ । २०७८ असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खड्काले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

    मन्त्री खड्काको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको भन्दै अधिवक्ता विशाल न्यौपानले सर्वोच्चमा रिट हाल्नुभएको थियो । उक्त रिटको पेशी भोलीका लागि तोकिएको अधिवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

    त्यस्तै रिट निवेदक न्यौपानेले संविधानबमाोजिम कानुन नबनाई शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा नगर्न÷नगराउन अन्तरिम आदेश जारीको माग सर्वोच्चसमक्ष राख्नुभएको छ ।

    रिट निवेदनमा नेपालको संविधानको धारा ८० बमोजिम संघीय कानुन नबनाई कसैलाई पनि मन्त्रीको हैसियतमा शपथ ग्रहण नगर्न नगराउन भनी सर्वोच्चबाट अन्तरिक आदेश जारी हुनुपर्ने माग छ ।


    मंगलवार, आश्विन १२ २०७८०४:१६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij