Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

१० बुँदे कार्यान्वयन कार्यदलको संयोजकमा रावल

१० बुँदे कार्यान्वयन कार्यदलको संयोजकमा रावल

  • सोमवार, आश्विन ११ २०७८

  • 795
    SHARES

  • १० बुँदे कार्यान्वयन कार्यदलको संयोजकमा रावल

    काठमाडौं – नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजक भीम रावललाई तोकेको छ ।

    स्थायी कमिटीको सोमबार बसेको बैठकले शंकर पोखरेललाई कार्यदलमा थप गरेको छ भने रावललाई संयोजक तोकिएको छ ।

    १० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि एमालेमै बसेका नेताहरु समेत सहभागी ८ भदौको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल बनाएको थियो ।

    कार्यदलमा रावलसँगै महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल र स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट थिए ।

    एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईका अनुसार धेरै ठाउँमा १० बुँदे कार्यान्वयन भएको छ ।

    एकाध ठाउँमा देखिएको समस्याबारे पनि सकारात्मक कुराकानी भइरहेको उहाँले बताउनुभयो ।

    १० बुँदेलाई लिएर आतंक सिर्जना गर्न जरुरी नरहेको उहाँले बताउनुभयो ।


    सोमवार, आश्विन ११ २०७८०७:३९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij