Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ७३ अंकको पहिरो, कारोबार रकम पनि सुस्तायो

नेप्सेमा ७३ अंकको पहिरो, कारोबार रकम पनि सुस्तायो

  • सोमवार, आश्विन ११ २०७८

  • 839
    SHARES

  • नेप्सेमा ७३ अंकको पहिरो, कारोबार रकम पनि सुस्तायो

    काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ ।
    आइतबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलव ४१ अंकमा झरेको छ ।
    ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९४ अंकले घटेर ५ सय ६ दशमलव ३३ को बिन्दुमा पुगेको छ ।
    कारोबार रकम पनि आइतबारको तुलनामामा सुस्ताएको छ । आज कुल २२७ कम्पनीका एक करोड ४ लाख ७८ हजार कित्ता बजारमा ६७ हजार ५८७ पटक किनबेच हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँको मात्रै कारोबार भएको छ । यसअघि हिजो साढे ६ अर्बको शेयर किनबेच भएको थियो ।
    बजार घटेपनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनीको पनि शेयर मूल्य बढेको छ ।
    सोमबार १३ वटै उपसमूहको मूल्यमा गिरावट आएको छ । सबैभन्दा धेरै फाइनान्स ४.५३ प्रतिशतले घटेको छ ।

     


    सोमवार, आश्विन ११ २०७८०३:४५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij