काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छन् । पतिनिधि सभाको बैठक दिउँसो २ बजे बस्ने छ । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा सभामुख अग्नि सापकोटाले पढेर सुनाउनुहुने छ ।
यस्तै राष्ट्रिय सभाको बिहान ११ बजे बस्ने बैठकमा संसदीय समितिका विभन्न प्रतिवेदन तथा विधेयकहरु प्रस्तुत हुने छन् ।