Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

पाल्पाको पूर्वखोला गाउँ सभापतिमा महिला निर्वाचित

पाल्पाको पूर्वखोला गाउँ सभापतिमा महिला निर्वाचित

  • सोमवार, आश्विन ११ २०७८

  • 846
    SHARES

  • पाल्पाको पूर्वखोला गाउँ सभापतिमा महिला निर्वाचित

    पाल्पा । नेपाली कांग्रेसको पूर्वखोला गाउँपालिकाको अधिवेशनले महिला नेतृ विष्णुकुमारी आचार्यलाई गाउँ सभापतिमा निर्विरोध निर्वाचित गरेको छ ।

    पाल्पाको पालिकास्तरको नेतृत्वमा उहाँ एक जना मात्रै महिला हुनुभएको छ । अधिवेशन भएका पाल्पाका नौ पालिका मध्ये ८ पालिकामा पुरुष नेताहरु सभापतिमा निर्वाचित भएका छन् ।

    गाउँ सभापतिमा महिला निर्विरोध निर्वाचित भएपछि काँग्रेसका नेता कार्यकर्तासँगै आम नागरिकमा समेत सकारात्मक सन्देश गएको स्थानीय युवा नेता किशोर पंगेनीले जानकारी दिनुभयो । महिलासँगै पछाडि पारिएको समुदायले पनि काँग्रेसमा अवसर पाउँदा रहेछन भन्ने पुष्टि भएको उहाँले बताउनुभयो । अव काँग्रेसप्रति आकर्षित हुनेहरुको संख्या अझ बढ्न सक्ने धेरैले अपेक्षा गरेका छन् ।

    गाउँपालिका अन्तर्गतको पूर्वखोला–३ रिङ्नेरहमा भएको अधिवेशनबाट उप सभापतिमा मेघराज न्यौपाने र दुर्गा बहादुर सारु, सचिवमा भुपाल पंगेनी र ऋषिराम ढेंगा सहसचिवमा नवराज श्रेष्ठ र जगत हिस्की चयन हुनु भएको छ । काँग्रेसको विधानमा कोषाध्यक्षमा मनोनित गर्ने व्यवस्था भएकाले अमर रानालाई कोषाध्यक्षमा मनोनित गरिएको छ ।

    पार्टीका यसअघिका वडा अध्यक्षहरुलाई भने स्वतः पालिका सदस्यमा निर्वाचित गरी सहमतीमै वडा तथा गाउँ अधिवेशन सम्पन्न गरिएको नेता पंगेनीले जानकारी दिनुभयो । 

     


    सोमवार, आश्विन ११ २०७८०७:३४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij