Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमालेमा तेस्रो धार : घनश्यामको तीन बुँदे फरक मत, भीम रावलद्वारा बैठक बहिस्कार

एमालेमा तेस्रो धार : घनश्यामको तीन बुँदे फरक मत, भीम रावलद्वारा बैठक बहिस्कार

  • आइतवार, आश्विन १० २०७८

  • 960
    SHARES

  • एमालेमा तेस्रो धार : घनश्यामको तीन बुँदे फरक मत, भीम रावलद्वारा बैठक बहिस्कार

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि उपमहासचिव समेत रहेका नेता घनश्याम भुसालले तीन बुँदे फरक मत राख्नुभएको छ । आज अध्यक्ष ओलीले आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिइसकेपछि भुसालले मौखिक रुपमा आफ्नो ३ बुँदे फरक मत राख्नुभएको हो ।

    भुसालले जवजबारे प्रतिवेदन अस्पष्ट भएको, संसद विघटनबारे पनि प्रस्ट दृष्टिकोण नभएको र समाजवादबारे पार्टी अलमलमा परेको भन्दै अध्यक्षको प्रतिवेदनमाथि फरक मत दर्ज गराएका हुन् । यस्तै, केन्द्रीय कमिटी बैठकलाई उपाध्यक्ष भीम रावलले बहिस्कार गर्नुभएको छ । रावलले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउँदै आउनु भएको छ ।

    शुक्रबारको बैठकमा १० बुँदे कार्यान्वयनबारे प्रश्न गरेका रावललाई अध्यक्ष ओलीले केन्द्रीय कमिटीकै बीचमा स्थायी समिति बसेर त्यसबारे आवश्यक निर्णय गर्ने बताउनु भएको थियो। १० बुँदे कार्यान्वयनबारे नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले भोलि बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको छ ।


    आइतवार, आश्विन १० २०७८०६:४५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij