Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले केन्द्रीय कमिटीबाट तीनवटै दस्तावेज पारित

एमाले केन्द्रीय कमिटीबाट तीनवटै दस्तावेज पारित

  • आइतवार, आश्विन १० २०७८

  • 515
    SHARES

  • एमाले केन्द्रीय कमिटीबाट तीनवटै दस्तावेज पारित

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत तीनवटै दस्तावेज परित भएको छ। शुक्रबारदेखि बसेको बैठकको अन्तिम दिन आज दस्तावेज प्रस्तुतकर्ताले जवाफ दिएसँगै पारित भएका हुन् ।

    स्थायी कमिटीबाट पारित भएर आएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित भएको केन्द्रीय सदस्य पद्मा अर्यालले जानकारी दिइनुभयो । उहाँका अनुसार बैठकमा आएका सुझावहरुलाई समावेश गर्ने गरी ती दस्तावेज पारित भएको हो।

    ती दस्तावेजमाथि छलफलका लागि केन्द्रीय कमिटीको बैठकमा शुक्रबार नै १० वटा समूह बनाइएको थियो। समूहमा गरिएको छलफलका निष्कर्षहरुलाई शनिबारको बैठकमा समूह नेताले प्रस्तुत गरेका थिए। आज ओली, पोरखेल र पौडेलले जवाफ दिएका थिए ।


    आइतवार, आश्विन १० २०७८०६:४१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij