Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले केन्द्रीय कमिटी बैठक : नेतृत्वले जवाफ दिने क्रम जारी

एमाले केन्द्रीय कमिटी बैठक : नेतृत्वले जवाफ दिने क्रम जारी

  • आइतवार, आश्विन १० २०७८

  • 575
    SHARES

  • एमाले केन्द्रीय कमिटी बैठक : नेतृत्वले जवाफ दिने क्रम जारी

    काठमाडौं । नेकपा एमालेको आजको तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।

    केन्द्रीय कमिटीअघि स्थायी समिति बसेको थियो ।दुई दिनका लागि बोलाइएको केन्द्रीय समिति बैठक शनिबार नसकिएपछि एमालेले आज पनि निरन्तरता दिएको छ ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा नेतृत्वले समूहगत छलफलबाट आएको सुझावको जवाफ दिन थालेका छन् ।
    बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि उठेको सवालबारे उपमहासचिव विष्णु पौडेलले जवाफ दिइरहेका छन् ।

    एमालेले प्रस्तावमाथि गर्न १० समूह बनाएको थियो । पौडेलपछि राजनीतिक प्रतिवेदनमाथिको सवालबारे अध्यक्ष केपी शर्मा ओली र सांगठनिक प्रतिवेदनमाथिको सुझावबारे महासचिव ईश्वर पोखरेलले जवाफ दिने कार्यसूची छ ।

     


    आइतवार, आश्विन १० २०७८०१:३७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij