Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

१० बुँदे सहमति कार्यान्वयन भइसक्योः एमाले नेता कर्ण थापा

१० बुँदे सहमति कार्यान्वयन भइसक्योः एमाले नेता कर्ण थापा

  • आइतवार, आश्विन १० २०७८

  • 814
    SHARES

  • १० बुँदे सहमति कार्यान्वयन भइसक्योः एमाले नेता कर्ण थापा

    काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले १० बुँदे सहमति कार्यान्वयन भइसकेको दावी गर्नुभएको छ । उहाँले १० बुँदे कै कारण कसैले पनि पार्टी छोड्न नपर्ने पनि बताउनुभयो ।

    सुदूरपश्चिमकोपार्टी इन्चार्जको विषयलाई प्रस्ट पार्दै उहाँले पार्टीले लेखराज भट्टलाई इञ्चार्ज बनाएकोले अर्को निर्णय नहुँदासम्म उहाँनै इञ्र्चाज रहने स्पष्ट पार्नुभयो ।

    बाहिर प्रचार भएजस्तो पार्टीमा ठुलो विवाद नभएको दावी गर्दै नेता थापाले यस्ता सामान्य विवादलाई पार्टीले सहज रुपमा समाधान गरेर अगाडि बढ्ने नेपाली रेडियो नेटवर्कसंगको कुराकानीमा बताउनुभयो ।

    नेता थापाले स्थानिय तहको र जिल्ला तहको नेतृत्वमा पनि पार्टीमा कुनै समस्या नभएको दावी गर्नुभयो । स–साना विषयले गर्दा पार्टी परित्याग कसैले पनि नगर्ने र यस्तो सोच्न पनि नसकिने उहाँको भनाइ छ ।

    नेकपा एमालेमा पाँच या सात जना उपाध्यक्ष र सात जना सचिव हुने सम्भावना रहेको बताउनुभयो । विधान अधिवेशनमा स्थानिय तह सम्म छलफल गरेर अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

    लोकतान्त्रीक विधि र पद्धतीलाई सबै भन्दा बढी मान्ने पार्टी नेकपा एमाले रहेको दावी गर्नुभयो । नेकपा एमालले देशको प्रमुख पार्टी भएकोले संवैधानिक वाद्यातालाई अंगिकार गर्दै पार्टीको विधान महाधिवेशन पछि केन्द्रीय महाधिवेशन मंसिरमै हुने बताउनुभयो ।


    आइतवार, आश्विन १० २०७८१०:००:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij