Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

चुनावमा बहुमत ल्याउने गरी पार्टीमा एकता कायम गर्नुपर्ने एमाले नेताहरुको जोड

चुनावमा बहुमत ल्याउने गरी पार्टीमा एकता कायम गर्नुपर्ने एमाले नेताहरुको जोड

अध्यक्ष ओलीसहित दस्तावेज प्रस्तुतकर्ताले आइतबार विहान ११ बजे बस्ने बैठकमा जवाफ दिने
  • शनिवार, आश्विन ९ २०७८

  • 891
    SHARES

  • चुनावमा बहुमत ल्याउने गरी पार्टीमा एकता कायम गर्नुपर्ने एमाले नेताहरुको जोड

    काठमाडौँ । नेकपा एमालेका नेताहरुले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीमा एकता कायम गर्नुपर्ने बताएका छन् । आज च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक दस्तावेजका साथै विधान संशोधन मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्षहरु पेश भएको थियो ।

    प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार नेताहरुले आगामी फागुनमा स्थानीय तहको निर्वाचन हुने भएकाले तयारी गर्नुपर्नेमा जोड दिएका छन् । उहाँका अनुसार छलफलमा नेताहरुले पार्टीमा युवाका साथै महिला, आदिवासी जनजाति, महिला, मधेसीलगायतको सहभागिता बढाउनुपर्ने बताएका छन् ।

    एमाले एकताको प्रतीक भएको भन्दै नेताहरुले कम्युनिस्ट एकताका लागि पहिले एमालेले नै अगुवाइ गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष ओलीसहित दस्तावेज प्रस्तुतकर्ताले आइतबार विहान ११ बजे बस्ने बैठकमा जवाफ दिने छन् ।


    शनिवार, आश्विन ९ २०७८०७:४९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij