Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

विश्वको तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिवद्ध : प्रधानमन्त्री देउवा

विश्वको तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिवद्ध : प्रधानमन्त्री देउवा

  • शनिवार, आश्विन ९ २०७८

  • 713
    SHARES

  • विश्वको तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिवद्ध : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिवद्ध रहेको बताउनुभएको छ । संयुक्त अधिराज्यका कुटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) का लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

    उहाँले विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न त्यही रुपमा अन्तर्राष्ट्रिय प्रतिवद्धता पनि हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले जलविद्युत्, वन क्षेत्रलगायतका अपार सम्भावनाबाटै सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्याउने ‘पेरिस सम्झौता’अनुसारको प्रतिवद्धता कार्यान्वयन गर्न नेपाललाई मद्दत पुग्ने स्पष्ट पार्नुभयो । उहाँले नेपाल पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका उच्च जोखिम रहेको र यसबाट हुने हानि तथा नोक्सानीको अन्तर्राष्ट्रिय रुपमा सम्बोधन हुनुपर्ने उल्लेख गर्नुभयो ।

    प्रधानमन्त्री देउवाले कोभिड–१९ का सन्दर्भमा बेलायतले नेपाललाई ‘रेडलिष्ट’मा राखेको सम्बन्धमा सूचीबाट हटाउन आग्रह समेत गर्नुभएको थियो । सो अवसरमा राजदूत ओफ्लाहेर्टीले ‘रेडलिष्ट’ बाट हटाउने सम्बन्धमा बेलायत सरकारको छुट्टै निकायले बेलाबेला विभिन्न विषयको विश्लेषण गरी पुनरावलोकन गरिरहेको बताउनुभएको थियो ।

    उहाँले कोप–२६ का सन्दर्भमा नेपालको वस्तुस्थिति, तयारीलगायत विषयमा चासो राख्नुका साथै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नोभेम्बर १ देखि २ सम्म आयोजना गर्ने ‘ग्लोबल लिडर समिट’ र अन्य सम्मेलनमा नेपालको सक्रिय सहभागिताको अपेक्षा गर्नुभएको छ ।
    कोप–२६ आगामी कात्तिक १४ देखि २६ गतेसम्म संयुक्त अधिराज्यको ग्लास्गोमा हुँदैछ । प्रधानमन्त्री देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डले कोप–२६ मा सहभागिता जनाउने गरी वन तथा वातावरण मन्त्रालयले तयारी गरिरहेको सचिव डा. प्रेमनारायण कँडेलले जानकारी दिनुभयो ।


    शनिवार, आश्विन ९ २०७८०४:४५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij