Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

आजदेखि ६४ जिल्लामा कांग्रेसको पालिका अधिवेशन हुँदै

आजदेखि ६४ जिल्लामा कांग्रेसको पालिका अधिवेशन हुँदै

  • शनिवार, आश्विन ९ २०७८

  • 402
    SHARES

  • आजदेखि ६४ जिल्लामा कांग्रेसको पालिका अधिवेशन हुँदै

    काठमाडौं । नेपाली कांग्रेसले आज (शनिवार) देखि वडा अधिवेशन सकिएका ६४ जिल्लाको पालिका अधिवेशन सुरु गर्दैछ। वडा अधिवेशन सकिएका ६४ जिल्ला मध्ये अधिकांशमा आज गाउँ र नगर अधिवेशन हुँदैछ।

    काठमाडौं, ललितपुर लगायतका जिल्लामा वडा अधिवेशन सकिएपनि आज पालिका अधिवेशन नहुने भएको छ। काठमाडौंका पालिकामा १६ गते अधिवेशन हुने भएको छ।

    ललितपुरको पालिका स्तरको अधिवेशन सोमबार हुने भएको छ। प्राविधिक कारण तथा वडा अधिवेशनबाट निर्वाचित सूची तयार गर्न समय लागेकोले सारेको बताइएको छ।

    काभ्रेमा जिल्ला कार्य समिति र निर्वाचन समितिबीचमा विवाद हुँदाहुँदै गाउँर नगर अधिवेशन हुने भएको छ। जिल्ला सभापति मधु आचार्यले निर्वाचन अधिकृत बेपत्ता भएको सूचना जारी गरेका छन्।

    निर्वाचन अधिकृत राजेन्द्र लामिछाने सम्पर्क विहीन भएकाले गाउँरनगर अधिवेशन अनिश्चितकालका लागि रोकेको उनले सूचना जारी गरेका थिए।

    निर्वाचन अधिकृत लामिछानेले आफू बेपत्ता नभएको सामाजिक सञ्जालमा शुक्रबार अबेर लेखेका छन्। अधिवेशनका लागि खटिरहेको उनले बताए।


    शनिवार, आश्विन ९ २०७८०७:४०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij