Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

१० बुँदे कार्यान्वयनमा ओलीको आलटाल, तेस्रो धार दाबाबमा

१० बुँदे कार्यान्वयनमा ओलीको आलटाल, तेस्रो धार दाबाबमा

  • शुक्रवार, आश्विन ८ २०७८

  • 567
    SHARES

  • १० बुँदे कार्यान्वयनमा ओलीको आलटाल, तेस्रो धार दाबाबमा

    काठमाडौँ । नेकपा एमालेमा एकताको मुख्य सुत्रका रुपमा अघि सारिएको १० बुँदे प्रस्ताव इमान्दारितापूर्वक कार्यान्वयन नभएको भन्दै तेस्रो धारका नेताहरुले असन्तुष्टि जनाउने क्रम रोकिएको छैन । एमालेका तत्कालिन वरिष्ठ नेता माधव नेपालले एकीकृत समाजवादी गठन गर्दा पार्टी विभाजनपूर्व १० सदस्यी कार्यदलले तयार पारेको उक्त प्रस्तावलाई नै आधार मानेर एकताका निम्ती भनेर एमालेमै रहेका नेताहरु असन्तुष्ट रहँदै आएका छन् ।

    उनीहरुले एकता प्रस्तावको अक्षरशः पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रष्ट धारणा नबन्दासम्म कुनै पनि बैठकमा सहभागी नहुने चेतावनीसमेत दिएका छन् । आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओली र तेस्रो धारका नेताहरु भीम रावल, झपट रावल, भानुभक्त जोशीबीच सवाल जवाफ नै भयो । उनीहरुले १० बुँदे एकता प्रस्ताव र त्यही अनुसार अध्यक्षले पठाएको अन्तर पार्टी निर्देशन कार्यान्वयन नभएको र मनोमानी ढङ्गले पार्टी गतिविधि भइरहेको भन्दै अध्यक्षले अर्को सर्कुलर पठाउनुपर्ने बताए । तेस्रो धारनिकट नेता झपट रावल ।

    बैठकमा केही नेताहरूले १० बुँदे सहमति र विधान महाधिवेशनका प्रतिनिधि छनोटबारे प्रश्न उठाएपछि तेस्रो धारका अन्य नेताहरूले पनि उनीहरूको मागमा सहमति जनाएका थिए । नेता योगेश भट्टराईले १० बुँदे कार्यान्वयन निमेषभरमा नहुने भएपनि कतिपय ठाउँमा जटिलता देखिएको बताउनुभयो । जसका कारण पार्टीमा तल्लै तहसम्म असर देखिएको नेता भट्टराईको भनाइ छ ।

    जटिल समस्याबाट पार्टी एकतामा फर्किएको उहाँ बताउनुहुन्छ । त्यही समस्यालाई हल गर्न तयार पारिएको १० बुँदे सम्झौता स्थायी कमिटी र केन्द्रीय कमिटीबाट पारित गरेर अहिले तहगत कमिटी र मोर्चा संगठनहरुमा पठाइएको छ । यसको पूर्ण कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको नेता भट्टराई बताउनुहुन्छ ।

    तेस्रो धारका नेताहरुले एकता प्रस्ताव र अपानि कार्यान्वयन नभएको र मनोमानी ढङ्गले पार्टी गतिविधि भइरहेकोले त्यसका लागि अध्यक्षले अर्को सर्कुलर पठाउनुपर्ने र सो विषय बैठकको एजेण्डा बन्नुपर्ने भनेर गरेको मागलाई अध्यक्ष ओलीले भने ठाडै अस्वीकार गर्नुभएको छ । केन्द्रीय कमिटी बैठकका एजेण्डा फरक भएको भन्दै ओलीले बरु त्यसबारे स्थायी कमिटीमा बसेर छलफल गर्न सकिने जवाफ दिनुभएको छ ।

    ओलीको जवाफ सुनेपछि आजको बैठकबाट तेस्रो धारका नेताहरू बाहिरिएका थिए । उनीहरूले आफ्ना माग सम्बोधन नभए भोलिको केन्द्रीय कमिटी र त्यसपछिका कुनै पनि बैठकमा सहभागी नहुने चेतावनी नै दिएका छन् ।

    विगतमा पार्टी विभाजनका लागि माधव नेपाललाई अहिले तस्रो धार भनिएकाहरुले नै उक्साएको आरोप छ । तर पार्टी विभाजन हुँदा भने नेता नेपालको साथ छाडेर एमालेमै रहेका उनीहरु अहिले अध्यक्ष ओलीको दाबाब सहेर बस्न बाध्य भएका देखिन्छन् ।


    शुक्रवार, आश्विन ८ २०७८०७:५२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij