Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले केन्द्रीय कमिटी बैठक : तीनवटा प्रस्ताव र प्रतिवेदनमाथि समूहगत छलफल

एमाले केन्द्रीय कमिटी बैठक : तीनवटा प्रस्ताव र प्रतिवेदनमाथि समूहगत छलफल

  • शुक्रवार, आश्विन ८ २०७८

  • 451
    SHARES

  • एमाले केन्द्रीय कमिटी बैठक : तीनवटा प्रस्ताव र प्रतिवेदनमाथि समूहगत छलफल

    काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा पेश भएका तीनवटा प्रस्ताव र प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

    त्यस्तै महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले क्रमशः सांगठानिक र विधान संशोधन प्रस्ताव पेस गरेको केन्द्रीय सदस्य नारदमुनि रानाले जानकारी दिए । त्यसलगतै ती प्रस्ताव र प्रतिवेदनमा समूहगत छलफलका लागि आठवटा समूह बनाइएको थियो । सात प्रदेश र जनवर्गीय संगठन गरी आठवटा समूहमा प्रस्तावमाथि छलफल हुनेछ ।

    अर्को बैठक शनिबार बिहान ११ बजे बसेर समूहगत छलफलको निष्कर्ष समेटेर तीनवटै प्रस्ताव पारित गरी बैठक समापन गर्ने तयारी छ । एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ भने राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा तय भएको छ ।
     


    शुक्रवार, आश्विन ८ २०७८०२:४६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij